Sunday, September 25, 2016

एउटा ‘गल्ती’ ! जसले पूर्वगृहमन्त्री घिमिरेको गाडी त्रिशूलीमा खस्यो

तीन जनाको मृत्यु, घिमिरेसहित तीन अझै वेपत्ता 
काठमाडौं, ९ असोज । आइतबार साँझ ५ बजेतिर त्रिशूली नदीमा पूर्व गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी खसेर वेपत्ता भयो । गाडीमा सवार ७ जनामध्ये तीनको मृत्यु भइसक्यो । दुई भाईसहित घिमिरे अझै वेपत्ता छन् । जीपबाट उछिट्टिर बाँच्न सफल चालक अस्पतालमा छन् । पूर्वमन्त्री घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किने बेला यो दुर्घटना भएको हो । कसरी भयो दुर्घटना, यसो भन्छन् हाम फालेर बाँचेका चालक त्रिशुलीमा खसेको जीपबाट उछिट्टिएर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले आफूले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेको बताए ।

दुर्घटना हुनु अगाडिको अवस्था उनले यसरी सम्झिएः मुक्तिनाथ धामबाट फर्किदा जीप मैले चलाएको थिए । दमौली पुगेर केहीबेर रोकिएपछि उहाँ (घिमिरे)ले मलाई ‘तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनु’ भन्नुभएको थियो तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो । केबलकार चढ्ने ठाउँ आउन एक–दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिट्टिएर गयो केही पनि थाहा पाइँन । एउटै गल्ती हुन त हुने कुरा टारेर टर्दैन् भन्छन् । पूर्वमन्त्री घिमिरेको हकमा पनि त्यही भएको छ । यदि घिमिरेले चालकलाई गाडी हाक्न दिएको भए सायद यो घटना नहुन सक्थ्यो । तर, उनले आफै गाडी चलाए र दुर्घटनामा परे । धेरैले यसलाई उनको ‘गल्ती’का रुपमा हेरेका छन् । ज्योतिष भन्छन्- तिर्थयात्राको समय गलत पूर्वमन्त्री घिमिरेको दुर्घटनाबारे चर्चित ज्योतिष सुनील सिटौलाले तिर्थयात्राको समय गलत भएको कारण देखाएका छन् । उनले भनेका छन्– ‘तिर्थयात्रा सम्पन्न गरीआउँदा पूर्व मूख्यसचिव एवं पूर्वमन्त्री माधवघिमिरे दुर्घटनामा पर्नुभयो । गुरुअस्तको समयमा तिर्थयात्रा गर्नु हुँदैनथ्यो ।’ गाडीमा को–को थिए ? चितवनका प्रहरी प्रमुख एसपी बसन्त कुँवरका अनुसार जीपमा सात जना सवार थिए । ती यसप्रकार छन् । पूर्वमन्त्री माधवप्रसाद घिमिरे (वेपत्ता) आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे (मृत्यु) अंगरक्षक रामचन्द्र कार्की (मृत्यु) भान्जा नारायणप्रसाद काफ्ले (मृत्यु) प्रकाश घिमिरे (वेपत्ता) मोहन घिमिरे (वेपत्ता) चालक विष्णु राई (अस्पताल) वेपत्ताको खोजी कार्य जारी दुर्घटनास्थलमा नदीको दुवैपट्टी पानीले भरिएकाले खोजी कार्य कठिन भएको छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम केन्द्रका सात जनाको गोताखोर टोलीले साँझदेखि डुङ्गामा बसेर बेपत्ता व्यक्ति र गाडीको खोजी कार्य गरिरहेको छ ।

सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रहरी नायब उपरीक्षक जनक बस्नेतले बाटोबाट ‘लाइटिङ टावर’बाट उज्यालो दिने व्यवस्था गरेर खोजी कार्य जारी राखेको बताए । टावरले चार किलोमिटर परसम्म उज्यालो दिने उनले बताए । विसं २०६६ साउन २२ गतेदेखि २०६९ साउन २१ गतेसम्म मुख्यसचिव भएका घिमिरे खिलराज रेग्मी नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा गृह तथा परराष्ट्र मन्त्री थिए ।

Write Comment Below:

No comments:

Post a Comment