Monday, September 26, 2016

चीनले पाकिस्तानलाई भन्यो, भारतले आक्रमण गरे हामी सघाउँछौँ

लाहोर, १० असोज : चीनले सम्भावित युद्धका क्रममा पाकिस्तानलाई मद्दत गर्ने विश्वास दिलाएको छ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनका महावाणिज्य दूत जनरल यु बोरेनले भनेका छन्, यदि विदेशी हमला भएमा हामी पाकिस्तानलाई पुरा सहयोग गर्नेछौं। कश्मिर विवादमा पनि हामीले पाकिस्तानलाई साथ दिएका छौं।

पाकिस्तानी चर्चित्र पत्रिका डनको अनलाइन संस्करणका अनुसार कि बोरेनले पञ्जाब प्रान्तका मूख्य मन्त्री शाहबाज सरिफसँग लाहोरमा भएको बैठकमा यो सन्देश दिएका हुन्।


चीन कश्मिर मुद्दामा पाकिस्तानको साथमा छ। कश्मिर (भारत अधिनस्थ) मा निहत्था मानिसमाथि भइरहेको ज्यादतीलाई जायज ठहर्‍याउन सकिँदैन, रिपोर्टमा बोरेनको हवाला दिँदै भनिएको छ, कश्मिर विवादको हल कश्मिरी जनताको इच्छा बमोजिम् गरिनुपर्ने जरुरी छ।

यो बैठकपछि लाहोरका मूख्यमन्त्रीको कार्यालयबाट एक प्रेस विज्ञप्ती पनि निकालिएको थियो। चीनले पाकिस्तान नियण्त्रित कश्मिरमा हजारौं मेगावाटका बिद्युत् योजनामा लगानी गरिरहेको छ। जुन कामको भारतले आपत्ति जनाउँदै आइरहेको छ।

बोरेनले शुक्रवार शाहबाज सरिफलाई उनके ६५ औं जन्मदिनका अवसरमा बधाई पनि दिएका छन्। यसै क्रममा दुईजनाबीच कश्मिरको अवस्थाबारेमा वार्ता भएको हो। कारोबार दैनिक र एजेन्सीको सहयोगमा

Write Comment Below:

No comments:

Post a Comment