Monday, October 10, 2016

तपाइलाई सधैं पैसाको अभाव, भइरहेको छ ? यदि छ भने यी ९ वटा गल्तीहरु गरियो होला !

तपाइलाई सधैं पैसाको अभाव, भइरहेको छ ? यदि छ भने यी ९ वटा गल्तीहरु गरियो होला !
एजेन्सी : यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत

गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ ।

१) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् ।
२) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ ।
३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो ।
४) शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् ।
५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् ।
६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् ।
७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् ।
८) शास्‍त्रले भनेको छ क‌ि जून घरमा प‌ितृपक्षमा प‌ितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् ।
९) जून घरमा न‌ियम‌ित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् । (एजेन्सीको सहयोगमा)

पीपल एक उपचार अनेक अत्याधिक उपयोगी रुख

पीपल एक, उपचार अनेक, आयुर्वेदमा अत्याधिक उपयोगी रुख नेपालको दक्षिणी भागमा पाइने विशेष प्रकारको आयुर्वेद रुखको नाम हो पिपल। यसलाई आयूर्वेदको खजना पनि भनिन्छ। यसले धेरै विरामीको उपचार समेत गर्ने गर्दछन्। गोनोरिया, डाइरिया, नसाको दर्द लगायतका समस्याका लागि यो अचुक मानिन्छ। यसकारण मानव स्वास्थ्यको लागि पिपलको उपयोगी यसकार छ। छाला चाउरीपना पर्नबाट बचाउँछ पिपलले मानिसको छाला चारी पर्नबाट बचाउँछ। पपीपलको जरामा रहेको एन्टीअक्सीडेन्ट सबैभन्दा धेरै रहेको हुन्छ। यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ।

यसको जरालाई काटेर पानीमा मिलाइ पिसेर छालामा लाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ। दाँत हल्लिन र सड्नबाट जोगाउँछ पीपलको १० ग्राम छाला, कत्था तथा २ ग्राम कालो मरिचलाई पिसेर पाउडर बनाउनुहोस। यही पाउडरलाई मन्जन बनाएर दैनिक दाँत माझेमा दाँत हल्लिन, सड्न र स्वासको दुर्गन्धबाट हटाउँछ। मनमा हर्ष जगाउँछ। दमको रोगीलाई दमदार पीपलको जराभित्र रहेको भागलाईनिकालेर सुकाउनुस्। यसलाई मसिनो बनाएर चूर्ण बनाउनुस्। जसले दमरोगीलाई दमदार औषधिको काम गर्नेछ। दमको बिरामीलाई आराम दिन्छ। फाटेको खुट्टालाई जोगाउँछ पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टालाई राहत दिन्छ। छाला पनि नरम बनाउँछ। यसका साथै तालु समे नरम हुन्छ। चर्म रोगमा उपयोगी पिपल बहु रोगको उपचारमा अचुक औषधि मानिन्छ।

यसको नरम पातलाई राम्ररी चपाएर खाएमा छाला सम्बन्धी चर्म रोगमा बहुउपयोगी हुन्छ। घाउ पुर्नलाई प्रभावकारी पीपलको ताजा पातलाई तातो बनाएर घाउमा लेप लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ सुख्खा हुन्छ अर्थात निको हुन्छ। यसका साथै धेरै गहिरो घाउ भएमा तातो पातलाई सेलाएर घाउमा लेप लगाएमा केही दिनमै घाउ गरिएर आउँछ। जसले शरीरलाई आराम दिन्छ। पेटको रोगको निदान पिपललाई पत्त नाशक मानिन्छ। यसको मतलब पेटको समस्यासँग सम्बन्धित सबै कब्जियतसँग काम गर्दछ। पित्त बढेमा वा पेटमा ग्यास भरिएमा यसको ताजा पातलाई साँझ विहान एक एक चम्ची सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठीक हुन्छ।

Friday, September 30, 2016

भारतलाई खतरा, पाकिस्तानले चाल्यो अहिलेसम्मकै खतरनाक कदम

एजेन्सी– बिहीबार भारतीय सेनाको आक्रमणबाट पाकिस्तानी सेनाको ज्यान गएपछि शुक्रबार पाकिस्तानले आफ्नो सैन्य दस्तालाई भारततर्फ बढाएको छ ।

स्टालाइटबाट भारतले पाएको जानकारीअनुसार पाकिस्तानले आफ्नो फोर्सलाई शखरगर किल्लातर्फ अघि बढाएको हो ।

पाकिस्तानले आफ्नो स्ट्राइकलाई त्यसतर्फ पठाएपछि भारत भने चिन्तित देखिएको छ । किन कि शखरगर किल्ला यस्तो ठाउँ हो जहाँबाट पाकिस्तान भारतमा सहजै हमला गर्न सक्छ । त्यहाँबाट हमला गरेर पाकिस्तानले जम्बु–पंजाब रोड लिक समेत काट्न सक्छ ।

भारतीय सेनाले पाकिस्तानी भूमिमा टेकेर हमला गरेपछि पाकिस्तानले लिएको यस निर्णयलाई बोल्ड मानिएको छ ।

दुई देशबीच युद्धस्तरको तयारी भइरहेका बेला अब पाकिस्तानलाई हमला गर्नुअघि भारतले सोच्नुपर्ने छ ।
kathmandutoday

Tuesday, September 27, 2016

भारतको नेपालमाथि यो कस्तो दादागिरी ?, तर नेपालले टेक्यो खुट्टा

काठमाण्डु, १२ असोज–पेट्रोलियम बजार विविधिकरण गर्दै चीनाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ ।

रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको हो ।
भारतीय नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने निर्णय भएको थियो । तत्कालीन केपी ओली सरकारले चीनसँग पारबहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो ।
नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् । आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन् ।

सन् २०१२ मा आइओसीसँग भएको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता नवीकरण गर्ने समय (सन् २०१७) नजिकिँदै जाँदा पूर्वतयारी र पेट्रोलियम पाइपलाइन निर्माणलगायत विषयमा दुई देशका अधिकारीबीच छलफल भएको हो ।
निगम कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको टोली आइओसीका अधिकारीसँग बैठक सकाएर मंगलबार स्वदेश फर्किएका छन् ।
भारतबाट १५ वर्षसम्म पेट्रोलियम पदार्थ ल्याउनुपर्ने, आइओसी र निगम मिलेर नेपालमा अत्याधुनिक पेट्रोलपम्प सञ्चालन गर्नेलगायत भारतले राखेको प्रस्ताव नेपालले अस्वीकार गरेको बैठकमा सहभागी एक अधिकारीले बताए ।
‘१५ वर्षसम्म इन्धन ल्याउने र ठूलाठूला पम्प चलाऊँ भनेका थिए,’ ती अधिकारीले भने, ‘उनीहरुको प्रस्ताव हामीले अस्वीकार ग¥यौं ।’ निगमले आइओसीबाट ४० वर्षदेखि इन्धन किन्दै आएको छ । आइओसी र निगम दुई देशका सरकारी स्वामित्वका कम्पनी हुन् ।
व्यावहारिक रुपमा तत्काल अन्य मुलुकबाट इन्धन ल्याउने सम्भाबना नरहे पनि भारतको रणनीतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता हुँदा पनि १५ वर्षलाई बजार सुरक्षित गर्न उक्त सर्त राखिएको आपूर्ति मन्त्रालयका एक सहसचिवले स्मरण गरे । ‘पाइपलाइन सम्झौता गर्दा पनि भारतले बजारको सुनिश्चितता खोजेको थियो,’ ती सहसचिवले भने, ‘भारत नेपालको पेट्रोलियम बजार सधैँ आफ्नो पकडमा राख्न चाहन्छ ।’
नाकाबन्दीका बेला आइओसीले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि सरकारले चीनलगायत मुलुकसँग पेट्रोलियम बजारको विविधीकरण गर्ने निर्णय गरेको थियो ।
बेइजिङ भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनसँग खरिदबिक्री सम्झौता गर्ने तयारी गरे पनि अन्तिम समयमा उक्त अजेन्डालाई हटाएका थिए । उनी अन्तिम समयमा हच्किएर चीनसँग सम्झौता नगरी फर्केका थिए ।
नागरिक दैनिकबाट

हिन्दु धर्मका लागि अब भल फुट्ने बेला हुँदैछ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा नेपाली राजनीतिमा परिचित नाम हो । आन्तरिक राजनीति र बाह्य राजनीतिमा पोख्त राणा धर्मनिरपेक्षताका पक्षपातीलाई जनमतसंग्रह गर्न चुनौती मात्रै दिँदैनन् हिन्दु राष्ट्रका पक्षमा आन्दोलन हुने दाबी पनि गर्छन् । राष्ट्रहितलाई ध्यानमा राखेर भारत र चीनसँग 'डिल' गर्न सुझाव दिने राणा भारत वा चीनतिर ढल्केर राष्ट्रवादी नभइने मान्यता राख्छन् ।

पृथ्वीनारायण शाह, जंगबहादुर राणा, चन्द्रशमशेर र महेन्द्रले राष्ट्रहितका पक्षमा गरेका कामको अध्ययन गरी उनीहरूबाट सिकेर साझा परराष्ट्र नीति बनाउनुपर्ने धारणा राख्छन् राणा । नेपाली राजनीति, हिन्दु धर्मको बहस, भारत र चीनसँगको सम्बन्धलगायत विषयमा केन्द्रित रहेर अन्नपूर्ण पोस्ट्का लागि चिरञ्जीवी ढुंगाना र रेवती सापकोटाले राणासँग गरेको कुराकानी ।

-अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्याङकन गर्नु भएको छ ?
तीन वटा मुद्दाहरु मुलुकका अगाडि समस्याका रुपमा देखिएका छन् । संसदको अत्यन्त ठूलो बहुमतले पारित गरेको संविधान कार्यान्वयनको चरणमा छ । तर मधेशी,जनजाति र सदियौदेखि अन्यायमा परेका मान्छेको पाटोबाट हेर्ने हो भने मुलुकको ठूलो पक्ष संविधानसँग सहमत छैन । मधेशमा तीन खण्डको एक खण्ड संविधानसँग सहमत छैन । अहिले सरकारका अगाडि अत्यन्त ठूलो हाँक छ ।
यो संविधान कार्यान्वयन गर्न एक सय ३० भन्दा बढी कानुन संसदबाट पारित गर्नुछ । डेढ बर्षभित्र तीन वटा चुनाव हुनुपर्छ । यसका लागि अत्यन्त ठूलो गतिमा काम गर्नुपर्छ । अर्को भुकम्पबाट प्रभावित क्षेत्रमा गर्नु पर्ने पुननिर्माणको काम छदैछ । यद्यपी अहिले सरकारले सहानुभुतिपूर्वक यो कामलाई अगाडि बढाइरहेको छ । भुकम्प पीडित जनताको घर आँगनमा उनीहरुले प्राप्त गर्नु पर्ने लाभ अझै त्यति राम्रोसँग पुग्न सकेको छैन । नेपालको भुराजनीतिमा ठूलो अदलबदल आए जस्तो देखिन्छ ।

- राजनीतिक अन्यौल अन्त्य गर्न र स्थायित्व प्राप्तिका लागि तपाईहरुको साझा एजेण्डा के हो ?
संविधान निर्माण प्रक्रियाबाट अलग्गिएका मधेश,जनजातिलाई संविधान कार्यान्वयन प्रक्रियामा सामेल गर्ने हाम्रो मुख्य लक्ष्य हो । त्यो लक्ष्यमा काँग्रेस र माओवादी सहमत भएकोले हामी सरकारमा सामेल भएका हौ । भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणलाई तीब्रता दिनका लागि दुइ लाख रुपैया अनुदानलाई तीन लाख बनाउने र तीन लाख रुपैया सामूहिक जमानीमा निव्यार्जी ऋण उपलब्ध गराउने बिषयमा प्रधानमन्त्रीको नियतबाट हामी प्रभावित भयौ र त्यहि काम गर्नुपर्छ भनेर हामी सरकारमा सहभागी भएका हौ । परराष्ट मामिलामा नेपालमा ठूलो परिवर्तन शुरु भए जस्तो देखिन्छ । त्यस्तो वेला सकेसम्म धेरै शक्ति एक ठाउँमा आउनुपर्छ । र त्यो हाँकलाई सामना गर्नुपर्छ भन्ने धारणाले हामी सरकारमा सहभागी भएका हौ ।

- पञ्चायतको पृष्ठभूमिबाट राजनीतिमा आउनुभएको तपाईले गणतन्त्रको संविधान कार्यान्वयन हुनेमा कत्तिको आशावादी हुनुहुन्छ ?
संविधान कार्यान्वयन गर्न अत्यन्त गाह्रो छ । तर गाह्रो कुरा पूरा गर्न खोज्नु राजनीतिज्ञ वा राजनेताको कर्तव्य हो ।
- संविधान कार्यान्वयन भएन भने मुलुकको राजनीतिक दिशा कतातिर जाने देख्नु हुन्छ ?
संविधान कार्यान्वयन नहुनु दुर्भाग्य हो । त्यस्तो अवस्थामा के हुन्छ भने राजनीतिमा नियम हुन्छ । त्यस्तो कुरा पुलमा पुगेपछि मात्रै तर्नुपर्छ । अगाडि नै तर्ने काम गर्नु हुँदैन ।

-त्यो नियम ०७४ माघ ७ गते भित्र तीनवटा निर्वाचन हुन नसकेपछि दुइ बर्ष समय थप्ने हो ?
त्यस्तो होइन । अहिलेसम्म संविधान कार्यान्वयन गर्ने, तीन वटा निर्वाचन समयमै गर्ने इमान्दार चेष्टा हुनुपर्छ । त्यस्तो नभएको अवस्थामा कसरी समाधान गर्ने भन्ने नियम भनेको हुँ ।

- त्यो अवधिमा तीन वटा निर्वाचन हुने संभावना देख्नु हुन्छ ?
एउटा उपाय छ । अहिलेकै संरचना भनेको करीव तीन हजार गाविस बाँकी छन । ती गाविस र नयाँ नगरपालिकालाई मानेर त्यहि संरचनामा चुनाव गर्ने हो भने कार्यान्वयन गर्न सकिन्छ । कस्तो गाउँपालिका भनेर विवाद गरिराख्यौ भने कसैको सहमति हुँदैन । कसैले पाँच सय ६५ भनेका छन कसैले इलाकालाई आधार बनाउ भनेका छन । कसैले यी दुवै हुँदैन भनेका छन । यस्तो गर्न जरुरी छैन । २० बर्षसम्म स्थानीय निकायको चुनाव नहुनु जनता माथि साँच्चिकै अन्याय भएको छ । हामी जसरी पनि स्थानीय चुनाव गराउँछौ भन्ने हो भने अहिले रहेको गाविस र नगरपालिकाको संरचना अनुसार गर्ने र प्रान्त सिर्जना गरेपछि कस्तो गाउँ पालिका बनाउँछौ भन्नुपर्छ । कस्तो गाउँपालिका भनेर निर्णय गर्ने अधिकार प्रान्त र केन्द्र सरकारको हुन्छ ।

- संघीयताको वकालत गर्दै आएको आएको व्यक्ति प्रधानमन्त्री हुनुहुन्छ । उहाँले तपाईले भने जस्तो चुनाव गर्न उहाँले सक्नु होला ?
उहाँले प्रान्त बनाउनुपर्छ भन्नु भएको छ । हामी प्रान्त बनाउन तयार छौ । अहिले नै स्थानीय चुनाव गर्ने हो भने धेरै अलमलमा नफसौ,भएका वस्तुस्थितिलाई मानेर चुनाव गरौ । प्रान्त बनिसकेपछि उहाँहरुले परिकल्पना गरेको गाउँ पालिका बनाउला नी ।

-राप्रपाको एकीकरण प्रक्रियामा तपाई माथि आरोप पनि लागेको छ । यसमा के भइरहेको छ ?
अन्तरिम बिधान बनेपछि अघिल्लो महिनाको २३ गते बसेको कार्यसम्पादनको बैठकमा गम्भीर समस्याहरु देखिए । ती कुरा सच्याएपछि मात्रै एक जुट हुन सकिन्छ भनेर त्यो अल्झिएको हो । जुनसुकै वेला अन्तरिम बिधानमा राखिएका बिषय सच्चिएर आउँछन,हामी मिल्न तयार छौ । यो कुरा मैले सात वटा भेलामा पनि बोलेर आएको छु ।
- तपाईहरु हिन्दु धर्मको पक्षमा वकालत गरिरहनु भएको छ ? हिन्दु धर्म फेरी फर्कन संभव छ ?
८१ प्रतिशत भन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरु छन । ओमकार परिवारलाई जोडने हो भने ९१ प्रतिशत हुन्छ । यति ठूलो पक्षसँग कहिल्यै सरसल्लाह नगरी,कहिल्यै उनीहरुलाई राय दिने मौका नदिइ सुटुक्क मुलुकलाई धर्मनिरपेक्ष के जायज हो ? धर्मनिरपेक्ष हुनुपर्छ भन्ने हो भने जनमतसंग्रह गरौ । जनमतसंग्रहबाट आउने परिणाम बाहेक प्रजातान्त्रिक समाधान अरु हुँदैन । हामीले धारणा मात्रै राखेका छैनौ । हामी अभियान मात्रै गर्ने वाला छैनौ । हामी जनमतसंग्रहमा जान तयार छौ ।

- यसबारेमा प्रधानमन्त्रीसँग केहि कुरा भएको छ कि ?
हालसाल कुरा भएको छैन ।

- हिन्दु धर्मका बारेमा गरिने जनमतसंग्रहका बारेमा तपाईका मन्त्रीहरुले मन्त्रिपरिषदमा छलफल गरेका छन् ?
उनीहरुले पनि तुरुन्तै उठाएका छैनन होला । तर हाम्रो राय यस्तो छ भन्ने कुरा जगजायर नै छ । पहिलो अन्तरिम संविधान बनाउने वेलामा जव धर्मनिरपेक्ष संविधान प्रस्तुत गरियो, त्यतिवेला हाम्रो प्रमुख सचेतकले लिखित आपत्ति दर्ज गराएका छन । प्राय सबै पार्टीमा हिन्दुत्व हुनुपर्छ भन्ने तत्व देखिन्छ । काँग्रेसमा त्यो मत व्यापक छ । एमालेमा पनि छ । माओवादीमा कति छ थाहा छैन तर त्यहाँ पनि केहि होला जस्तो लाग्छ । यो धारणा नेपाली जनमानसको धारणा हो । त्यसकारण यसलाई अस्वीकार गर्न मिल्दैन ।

- हिन्दु धर्मको पक्षमा आन्दोलन त भएको छैन नी ?
मुभमेन्ट नै नभएको होइन । केहिले मुभमेन्ट पनि गरेका छन । पानी पनि धेरैतिरबाट आएपछि मात्रै भल फुटछ । नेपालमा हिन्दु धर्मका लागि भलफुटने वेला आउन लागेको छ ।

- मान्छेहरुले तपाईलाई स्वर्गीय राजा विरन्द्रसँग तुलना गरेर तपाईको बौद्धिकताको चर्चा गर्छन । नेपालले आफनो साझा विदेश नीति बनाउन नसक्नुको कारण के होला ?
मैले आफूलाई कहिल्यै पनि राजा विरेन्द्रसँग तुलना गरेको छैन । नेपाल ठूलो परिवर्तनको माझमा छ । हिन्दुस्तानबाट नेपालमा नाकावन्दी लगाएको चार पाँच महिनापछि नेपालको भुराजनीति र भु अर्थनीतिमा केहि नयाँ तरंगहरु उत्पन्न हुन थालेका छन । यी तरंगहरु नयाँ मात्रै होइन,साविक भन्दा विल्कुलै फरक छन । कुटनीतिमा आएका तरंगहरुले पूर्ण र परिपक्व स्वरुप ग्रहण गरेको छैन ।
परिवर्तन शुरु भएको छ तर यो परिवर्तन कहाँसम्म जान्छ भनेर भन्न नसकिने अवस्था छ । यस्तो महत्वपूर्ण परिवर्तनको वेला नेपालले आफनो परराष्ट नीतिलाई पनि त्यो परिवर्तनको प्रक्रिया कसरी जान्छ भनेर सुक्ष्म रुपले नियालेर हेर्नुपर्छ । आफनो नीति पनि त्यो परिवर्तनको प्रक्रियासित लचिलो हुने किसिमले बिश्लेषण गर्दै जानुपर्छ । किनभने त्यसले पूर्ण रुप धारण गरेको छैन ।
यो परिवर्तन अत्यन्त महत्वपूर्ण छ । यस परिवर्तनको हाँकलाई सामना गर्न सक्ने किसिमबाट परराष्ट नीतिको निर्माताले आफूलाई प्रदर्शन गर्नु पर्ने अवस्था छ । अथवा यो परिस्थितिले पैदा गरेको जटिलता र गतिशिलता भित्र उचित परिपक्व सन्तुलन खोज्नु नै अहिलेको नेपालको परराष्ट नीतिको प्रमुख काम हो ।
इतिहास पल्टाएर हेरयौ भने यस्तो बदलावको वेला आएको हुन्छ । यस्तो बदलावका वेला ठूला ठूला मान्छे पनि जन्मिएका छन । पृथ्वीनारायण शाहले एउटा हाँकको सामना गरे । जंगबहादुर राणाले अर्को हाँकको सामना गरे । एउटा स्थिर परराष्ट कुटनीति भित्र पनि चन्द्र शम्सेरले नेपालको सार्वभौमसत्तालाई स्थापित गर्न ठूलो भूमिका निर्वाह गरे । महेन्द्रविरविक्रम शाहदेवले पनि त्यस्तै काम गरेको पाइन्छ । अहिले त्यस्तो अप्ठयारो दिशातर्फ नेपाल गुडेको हुन सक्छ । अहिलेको राजनीतिका अगाडि यो हाँकको सामना गर्न सक्छ कि सक्दैन भन्ने ठूलो एउटा प्रश्न आएको छ ।

- नेपालमा नाकावन्दी पछाडि बनेको सरकार चीनतिर र अहिलेको सरकार भारततिर ढल्केको बिश्लेषण गरिदैछ । यस्तो स्थिति किन हुन गयो ? यो परिस्थिति कसरी जन्मियो ?
म त्यो बिश्लेषणसँग म सहमत छैन । नेपालको राजनीतिमा जुन फेरबदल नेपालको राजनीतिमा आएको छ,त्यो फेरबदल परिपक्व स्वरुप ग्रहण नगरिसकेको अवस्था छ । यो यता भयो,यो उतै भयो भनेर भन्न थाल्यौ भने घटनाक्रम भन्दा अलिक अगाडि बढेर बिश्लेषण गरेका हुन्छौ । घटनाक्रमलाई आफै परिपक्व हुन दिनुपर्छ । यो हुन्छ भनेर अगाडि नै बिश्लेषण गर्नु हुँदैन ।

- हाम्रा प्रधानमन्त्रीले गरेको भारत भ्रमणका क्रममा जारी गरेको संयुक्त बिज्ञप्तिमा समान धारणा र सहकार्य भनिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग लडन अन्तराष्टिय समुदायमा पहल गर्छु भन्नु भएको छ । भारत पाकिस्तान लडाई नै भएको अवस्थामा नेपाल कता उभिने हो ?
संयुक्त बिज्ञप्तिले अन्तराष्टिय फोरमहरु हिन्दुस्तान र नेपालले सहकार्य गर्नेछ भनेको छ । संयुक्त राष्टसंघ,बिश्वबैंक वा मानवअधिकार उच्चायोग जेनेभामा गर्ने हुन सक्छ । यस्ता कुरा हिन्दुस्तानसँग गरियो भनेर चीनसँग गर्न नसकिने छैन । हामी सहकार्य हिन्दुस्तानसँग पनि गर्न सक्छौ । चीनसँग पनि गर्न सक्छौ । आवश्यक परे अमेरिकासँग पनि गर्न सक्छौ । पूराना संयुक्त बिज्ञप्ति पल्टाउनुभयो भने सबै जसोमा देख्नुहुन्छ ।

-नेपाल भारत र चीनको वीचमा त्रिदेशीय समझदारी संभव देख्नुहुन्छ ?
हामी एउटा ठूलो अदलबदलको शुरुवात भएको देखिरहेका छौ । त्यो अदलबदलले के स्वरुप लिन्छ भनेर अहिले भन्न सकिन्न । हाम्रो प्रयत्न त्यो दिशामा समेत होला । हामीले खोज्नु पर्ने उचित सन्तुलन हो । त्यो उचित सन्तुलन कहाँनेर खोज्न सक्छौ । त्यो दुई वटा कुरामा निर्भर गर्छ । हामी आफै परराष्ट नीति निर्माण गर्न कति सफल हुन्छौ ? हामी अरु देशसित आफनो कुरा राख्न कति सफल हुन्छौ ? यो दुईटा कुराले प्राय ठेगान गर्छ । अरु देशले त आफनो स्वार्थ हेर्ला नी । हामीले हाम्रो राष्टिय हित कायम राख्न कति सामथ्र्य राख्छौ ? त्यसमा निर्भर गर्छ । जुन वेला पृथ्वीनारायण शाह जन्मिए,जुनवेला जंगबहादुर जन्मिए,त्यतिवेला जे गर्न सकिएको थियो,त्यो गर्ने क्षमता अहिलेको नेपालले देखाउँछ कि देखाउँदैन ?
- त्यस्ता केहि साझा धारणाहरु पाउनु हुन्छ ?
भर्खर उत्पन्न भएको छ । यो बिषय छलफलमा जानु पर्छ । काँग्रेस,एमाले र माओवादीले यसबारेमा सोच्नुपर्छ । यस बारेमा साझा धारणा बनाउनुपर्छ । यस्तो वेला मुलुकको साझा धारणा बनाउनुपर्छ ।
- नेपाल र भारतको सम्बन्धका बारेमा सधै आशंका रहने गर्छ । तपाईको ज्ञान र अनुभवका आधारमा नेपाल भारतको सम्बन्ध सुमधुर बनाउने उपाय के हुन सक्छ ?
नेपालका अधिकाँश मानिस लघुताभासबाट पीडित हुन्छन । हामी हिन्दुस्तानसित वार्ता गर्न जाँदा हाम्रो हात तलपर्छ भन्ने मानसिकता छ । मेलै त हिन्दुस्तानसित धेरै सन्धी गरेको छु । महाकाली सन्धी पनि मैले गरेको हो । नेपालको इतिहासमा पहिलो पटक समानताका आधारमा भएको सन्धी हो । आत्मबिश्वास र इमान्दारिताका साथ हिन्दुस्तानसित आफनो कुरा राख्ने,उनीहरुसित सही ढंगले वार्ता गर्ने हो भने के ठूलो चिन्ताको बिषय हुन्छ र ? उनीहरु पनि मान्छे हुन हामी पनि मान्छे हौ । हामीसँग पनि बुद्धि छ,उनीहरुसँग पनि बुद्धि छ । दुवैतिरबाट बुद्धि खियाऔ । हिन्दुस्तानसित चिन्तित हुनु पर्ने केहि पनि छैन । यो सबै लघुताभासको उपज मात्रै हो ।
- यस्तै अवस्था चीनतिर पनि छ नी के भन्नुहुन्छ ?
राष्टवादी हुने त चीनतिर वा भारत तिर ढल्केर होइन होला नी । नेपालतिर ढल्केर राष्टवादी हुने होला नी ।
- चीनसितको सन्दर्भमा हामीले गर्नु पर्ने के हुन्छ ?
चीन संसारको दोस्रो ठूलो आर्थिक शक्ति राष्ट हो । हिन्दुस्तानसित लघुताभास लिने प्रबृत्तिले चीनसित झन लघुताभासको महसुस गर्ला । चीनसित वा भारतसित डिल गर्दा आफनो प्रष्ट राष्टहितको दृष्टिकोण हुनुपर्छ । दुइ वटा ठूला मुलुकको वीचमा रहेको नेपाललाई दुइटै ठूला स्वार्थलाई कुटनीतिक खेल गरेर नेपालको हितमा अगाडि बढाउनुपर्छ । त्यो प्रेरणा हामीले पृथ्वीनारायण शाह,जंगबहादुर र चन्द्र शम्सेरबाट लिन सक्छौ । त्यो वेलाको इतिहास केलाएर पढौ न । अहिले उहाँहरु सरहको मान्छे नेपालमा छैन । त्यो मान्छे नभएपछि त्यो वेलाको इतिहास अध्ययन गरी सिकेर प्रेरणा लिएर अगाडि बढनुपर्छ ।
- चीनले अगाडि सारेको वान वेल्ट वान रोडको अवधारणा कस्तो हो ? त्यसमा हामी सक्रिय सहभागी हुनु पर्ने हो वा होइन ?
सन २०२० सिगात्सेबाट रसुवागढी रेल आउँछ आउँछ । त्यसमा कुनै सन्देह छैन । रसुवागढीसम्म आउने त चीनको भूमिमै रेल मार्ग बनाउने हो । हिन्दुस्तानले काठमाडौसम्म रेल ल्याउँछ कि ? चीनले त्यहाँबाट काठमाडौसम्म ल्याउँछ कि ? हामीलाई के आपत्ति छ र ?
- नेपालमा पश्चिमा राष्टहरुको उपस्थितिमा भारत र चीनले सरोकार राखे जस्तो लाग्छ तपाईलाई चाहि कस्तो लाग्छ ?
संसार भुमण्डलीकरण भएको छ । कस्तो उपस्थिति कहाँ भएको छ भन्ने कुरा रोकतोक गर्न गाह्रो छ । चाहना के होला आफनै ठाउँमा छ तर क्षमता अनुसार भुमण्डलीकरण भएको छ ।

संसदमा ओलीले आफ्नै ढाडमा धाप मारे ! (भिडियोसहित)

११ असोज, काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीको धज्जी उडाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनयको शैलीमा प्रचण्डको विरोध गर्ने क्रममा हात पछाडि लगेर आफ्नै ढाडमा धापसमेत मारे ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले बुधबार संसदको बैठकमा समय लिएर एकघण्टा लामो सम्बोधन गरे । ४० हजारबाट ४ लाखलाई भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान दिएको भन्ने प्रचण्डको दाबीको उनले खण्डन गरे ।

आफूले गरेको कामको जस प्रचण्डले लिन खोजेको भन्दै ओलीले प्रचण्डतिर हेरेर भने, ‘सबै ठिक्क पारेर पानीको मुहान पनि बनाइयो, पाइप पनि बनाइयो, धारा पनि फिट गरियो । प्रधानमन्त्रीज्यूले टुटी खोलेर भन्नु भो, देख्नु भो, मैले आएको भोलिपल्ट पानी ल्याइदिएँ (धारा खोलेको इशारा गर्दै) ।

ओलीले अघि भने, ४० हजारबाट ४ लाख अनुदान वितरण गरेको टुटी खोल्नुभएको होइन र ? सबै कुरा तय भएको थियो, वित्तीय संस्थाहरु त्यहाँ पुर्‍याइएका थिए, दिने कसलाई भन्ने सबै पूर्वाधार तय गरेको थियो । पैसासम्म फिल्डमा पठाइसकेपछि सरकार परिर्वतन भयो र पैसा वितरण हुने काम धमाधम सुरु भएको थियो र ट्याक्क धारा खोलेर भन्नुभो गर्ने मान्छे यस्तो हुन्छ, आउने वित्तिकै -धारा खोलेको इशारा) उनले यसो भन्दा संसदमा हाँसोको फोहोरा छुट्यो ।

‘पानीको मुहान कसले बनायो, पाइप कसले बिछ्यायो, धारा कसले बनायो मतलब छैन, पाइप खोलेर गर्ने मान्छेले यसरी गर्छ यी तररत पानी …।’ (हाँसो)

ओली यतिमै रोकिएनन् । उनले अघि भने, अब अलिक पछि तुइन पनि विस्तार गरिसक्नुहुन्छ । किनकि टेण्डर लागिसकेको छ, सबै काम भइसकेको छ । एक वर्षजस्तो भित्र नेपालका तुइन त विस्तार हुन्छ । प्रधानमन्त्रीजीले यसो गर्नुहुन्छ (आफ्नो देब्रे हात पछाडि लगेर आफैंलाई धाप मार्दै) वा.. वा… वा ! (ओलीले तुइन ‘विस्थापन’ भन्नुपर्नेमा झुक्किएर ‘विस्तार’ भनेका हुन् ।)

हेर्नुहोस् भिडियो

धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

धादिङ, ११ असोज– मंगलबार धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस धादिङको उत्तरी क्षेत्रको मार्पाकमा दुर्घटना हुँदा हालसम्म १४ जनाको मृत्यु भएको खबर आएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले काठमाण्डु टुडेलाई जानकारी दिए ।

दुर्घटनामा हालसम्म अन्य १३ जना घाइते भएको सुवेदीले बताए । उनका अनुसार घटनास्थल सदरमुकामदेखि ३२ किलोमिटर टाढा छ । यसबारे बिस्तृत विवरण आउन बाँकी छ ।
kathmandutoday